यस "नेपालको कृषि मानचित्र" एप्लिकेशन नेपाल सरकारको कृषि विकास मन्त्रालय तथा अन्तराष्ट्रिय एकिकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को सहकार्यमा सर्भिर हिमालय (SERVIR-Himalaya) कार्यक्रम अन्तर्गत तयार पारिएको हो । यस एप्लिकेशनले देशको कृषि योजना, शोध तथा समस्त आर्थिक विकासमा उपयोगी हुने जिल्लास्तरको विभिन्न पशु तथा बालीहरु सम्बन्धी वार्षिक तथ्याङ्क प्रदान गर्दछ । यस एप्लिकेशनको प्रयोगकर्ताले जिल्ला स्तरको कृषि तथ्याङ्क डिजिटल नक्शा तथा चार्टको रूपमा हेर्न सक्दछ ।