नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
वन तथा भू-संरक्षण विभाग
वन डढेलो नेपालको प्रमुख सवालको रुपमा देखा परेको छ | यो हरेक वर्ष तीव्र रुपमा दोहोरिने गरेको छ, डढेलो व्यवस्थापनको लागि समयमै वन डढेलो पत्ता लगाउने तथा अनुगमन गर्ने भरपर्दो प्रणालीको जरुरि छ । ठुलो छेत्रमा दोहोर्याई अबलोकन गर्ने हुनाले भू-उपग्रहमा आधारित जानकारीले तत्काल समयमा भईरहेका तथा डढेलो लाग्ने सम्भावनाका ठाउँको पहिचान, अनुगमन तथा डडेलो क्षेत्रको मूल्याङ्कन गर्न धेरै सहयोग पुर्याउदैछ। वनको डडेलो पत्ता लगाउन र अनुगमन गर्न नासाको टेरा र एक्वा उपग्रहहरूमा मध्यम रिजोल्युसन इमेजिङ स्पेक्ट्रोर्याडियोमिटर (MODIS) सेन्सरहरू धेरै समय अगाडी देखिनै विश्वव्यापी रूपमा व्यापक प्रयोग भइसकेका छन्।
नेपालमा ल्याइएको यो वन डडेलो पहिचान तथा अनुगमन प्रणाली पनि NASA को MODIS तथा VIIRS को प्रबिधिमा नै आधारित हो। यस प्रणालीमा दर्ता भएका DoFSC अधिकारी र डिभिजन वन कार्यालयका पदाधिकारीहरुलाई वन डढेलोका घटनाहरु, अनुमानित क्षति, तथा वन डडेलोबाट भएका मृत्युको जानकारी संकलन फारम मार्फत प्रणालीमा प्रविष्ट गर्ने व्यवस्था गरिएकोछ।
थप जानकारीको लागि कृपया https://servir.icimod.org/science-applications/forest-fire-detection-and-monitoring-in-nepal/ मा हेर्नुहोला
प्रतिक्रिया
हामी तपाईंको प्रतिक्रियाको कदर गर्दछौ । कृपया servirhkh@icimod.org र info@dofsc.gov.np मा सम्पर्क गर्नु होला |