नेपालमा वन डढेलो एक प्रमुख चिन्ताको विषय हो। विश्वसनीय र समयमै डढेलोको पहिचान र निगरानी प्रणाली वन डढेलो व्यवस्थापनको एक महत्वपूर्ण अंग हो। वन डढेलो ठूलो क्षेत्रमा फैलिने हुँदा भू-उपग्रहको डाटा प्रत्यक्ष रुपमा पहिचान,निगरानी र जलेको क्षेत्र निर्धारणका लागि उपयोगी छन्। तसर्थ यस प्रयोजनका लागि नासामा भएको मोडिस संयन्त्र जडित MODIS र VIIRS भुउपग्रह बाट प्राप्त डाटा विश्वभर व्यापक रूपमा प्रयोग गरिन्छ। यहि प्रविधि नेपालमा भएको वन डढेलोको पहिचान र निगरानीका लागि प्रयोग गरिएको छ र सो सूचना सर्वसाधारणहरु माझ पुर्याउने हेतु यो सूचना प्रणाली तयार गरिएको हो।
यो प्रविधिले नेपालभरिमा विगतमा भएका तथा तत्काल आगलागीका घटनाहरुको जानकारी दिन्छ। यसका अलावा वन विभाग र विभिन्न डिभिजन कार्यालयका सम्बन्धीत अधिकारीहरुलाई एस.एम.एस. र इमेलको माध्यमबाट जानकारी दिइन्छ। साथै यस Web tool मा सम्बन्धीत अधिकारीहरुले आगलागीका कारण, मानविय, पशु, तथा धनजनको क्षति विवरण पनि राख्न सकिन्छ। जिम्मेवार अधिकृतहरुले प्राप्त सूचनाको आधारमा आगो नियन्त्रणको लागि आवश्यक संयन्त्र परिचालन गर्दछन।
यो सूचना प्रणाली वन तथा भू-संरक्षण विभाग (DoFSC), वन तथा वातावरण मन्त्रालय (MoFE), नेपाल सरकार र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD) काठमाडौं द्वारा संयुक्त रूपमा विकास गरिएको हो ।